नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्माको पहलमा नगर भित्रका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ फागुन २५, आईतबार (२ दिन अघि)
  • ५६ पटक पढिएको

नीलकण्ठ नगर उपप्रमुख दिपक विश्वकर्माको पहलमा नगर भित्रका विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण

धादिङको नीलकण्ठ नगरपालिका स्थित विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विशेष गरी विकट भेगका विद्यालयहरू— रामकोट माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, स्थानपति आधारभूत विद्यालय, र शंखदेवी माध्यमिक विद्यालयका ७५२ जना विद्यार्थीहरूले झोला, स्टेशनरी, र सरसफाइका सामग्री वितरण गरिएको हो।शिक्षामा सुधार र गुणस्तर वृद्धिका लागि यस्ता सहयोगले ठूलो भूमिका खेल्छ।

Global Cooperation for Development को पहलमा China Foundation for Rural Development को आर्थिक सहयोगमा गरिएको यो वितरणले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता ल्याउने नीलकण्ठ नगरपालिका उप प्रमुख दिपक विश्वकर्माले बताए।

कार्यक्रममा पूर्व नेपाली-चिनियाँ राजदूत तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य विष्णु पुकार श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो भने नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा विशेष अतिथि रहनुभएको थियो। उहाँले अझै अन्य वडाका विद्यालयहरूमा पनि वितरण कार्यक्रम बाँकी रहेको जानकारी दिनुभएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस