नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ।
बैठकमा चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।