गजुरी:-६ स्थित भल्टारको ढोके साल महादेव मन्दिरको रिवन काटेर उद्घाटन

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ फागुन २७, मंगलबार (१३ घण्टा अघि)
  • ११७ पटक पढिएको

गजुरी:-६ स्थित भल्टारको ढोके साल महादेव मन्दिरको रिवन काटेर उद्घाटन

धादिङ २७ फागुन ।गजुरी गाउँपालिका वडा नं.६, भल्टार स्थित ढोके साल महादेव मन्दिरको रिवन काटेर उद्घाटन गरिएको छ। ढोके साल महादेव मन्दिरको उद्घाटनले भल्टार क्षेत्रको धार्मिक वातावरणलाई थप मजबुत बनाउनेछ र स्थानीय बासिन्दाहरूलाई धार्मिक आस्था अभिव्यक्त गर्न थप अवसर प्रदान गर्नेछ।

उक्त उद्घाटन कार्यक्रम गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। साथै गजुरी गाउँपालिका वडा नं. ६ र ७ का अध्यक्ष भक्त ब. तामाङ र बद्री प्रसाद जम्कटेल तथा स्थानीय बासिन्दाहरूको विशेष उपस्थिति रहेको थियो।

मन्दिर उद्घाटनसँगै धार्मिक तथा सांस्कृतिक महत्व झल्काउने यस क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास गरिएको छ। स्थानीय बासिन्दाहरूले मन्दिरको विकास र व्यवस्थापनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस