युवा लक्षित एक्सप्लोर कार्यक्रम संचालनमा: अभिषेक अधिकारी

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ फागुन २७, मंगलबार (१२ घण्टा अघि)
  • ५१ पटक पढिएको

युवा लक्षित एक्सप्लोर कार्यक्रम संचालनमा: अभिषेक अधिकारी

काठमाडौँ।युवाहरूको क्षमता विकास र प्रबिधिमा दक्षता बढाउने उद्देश्यका साथ पोस्टमले ‘एक्स्प्लोर’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमले युवाहरुले रुचाएका प्रबिधि संगै आफ्नो बृद्दी बिकासलाई अगाडी बढाउने उदेश्यका साथ पोस्टमले यो कार्यक्रम अगाडी ल्याएको हो ।

पोस्टम व्यावसायिक सफ्टवेयर विकासमा केन्दि«त छ । जसले मोबाइल एप , वेबसाइट विकास, डिजिटल मार्केटिङ, डेटा विश्लेषण, साइबर सुरक्षा जस्ता सेवाहरू प्रदान गर्दछ । विद्यार्थीले यस मार्फत भिडियो, फोटो, ग्राफिक्स आदि प्रदान गरिएका विषयवस्तुको विकास गर्ने कार्यक्रम प्रबन्धक अष्ट डिमडुङले जानकारी दिए । उनले भने , ‘ यसले मल्टिमिडियाका सीपलाई प्राथमिकतामा राख्दछ र विद्यार्थीले गुणस्तर र संलग्नता मेट्रिक्सको आधारमा रही काम गर्दै आएको छ’ ।

पोस्टमका संस्थापक रोनिश दाहालले व्यावसायिक मार्केटिङ, सञ्चार र विद्यार्थीलाई प्रचलनमा रहेका विषयहरूको अनुसन्धान सहित चलिरहेको डिजिटल प्रवृत्तिसँग व्यवस्थित गर्ने जिम्मेवारी दिइने बताए । उनले भने , ‘ व्यावसायिक मार्केटिङ, सञ्चार र कथा कथन सीपको विकास गर्न यसले मद्दत गर्ने छ ’ । बिद्यार्थीहरुमा सीपको गुणस्तर बढाउन लसमेत यसले मद्दत पुर्याउने दाहालले बताए ।

यो कार्यक्रम दुृई महिनासम्म चल्ने छ । कार्यक्रममा रोहित खत्री , अनिसा दाहाल र रोश्नी शाहको उपस्थिति रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस