आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्छ:प्रचण्ड

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ चैत्र २, आईतबार (३ घण्टा अघि)
  • ४१ पटक पढिएको

आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्छ:प्रचण्ड

काठमाडौँ।विद्यालय शिक्षा विधेयक पारित गर्न र आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष जोड दिनुभएको छ।

उहाँले नेपाल शिक्षक महासङ्घका प्रतिनिधिहरूसँगको भेटमा शिक्षकहरूको जायज माग सरकारले बेवास्ता गर्न नहुने उल्लेख गर्दै, शिक्षालाई समृद्धिको मुख्य आधार मान्नुपर्ने बताउनुभएको छ।

अध्यक्ष दाहालले शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउनुहुदै देशको समृद्धिको मुख्य आधार शिक्षा नै भएकाले माग सम्बोधनमा गम्भीर हुन सरकारलाई आग्रह गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

‘अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,’ विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भने, ‘मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’

उहाँको निजी सचिवालयका अनुसार विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस