गजुरी-६,को रिमालटार फाँटमा वडा अध्यक्ष तामाङ सहितको टोलिले व्यावसायिक रुपमा आलु खेती सुरु गरे

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ चैत्र २, आईतबार (१३ घण्टा अघि)
  • २०१ पटक पढिएको

गजुरी-६,को रिमालटार फाँटमा वडा अध्यक्ष तामाङ सहितको टोलिले व्यावसायिक रुपमा आलु खेती सुरु गरे

गजुरी गाउँपालिका-६, रिमालटार फाँटमा वडा अध्यक्ष भक्त बहादुर (कर्ण) तामाङ सहितको टोलीले आठ रोपनी जग्गामा व्यावसायिक रुपमा आलु खेती सुरु गरेका छन्।

स्थानीय कृषकहरू दिपक श्रेष्ठ, गजेन्द्र तामाङ, र जनक श्रेष्ठको संलग्नतामा भइरहेको यो खेतीलाई अझै विस्तार गर्ने योजना रहेको छ। कृषिलाई प्रोत्साहन गर्न अध्यक्ष तामाङले आगामी दिनमा कृषकहरूलाई अनुदान स्वरूप आलुको बीउ वितरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यस आलु खेतीको अवलोकन गर्न गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ समेत पुगेका थिए। उनले कृषिमा आत्मनिर्भरता बढाउने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, र कृषकहरूलाई व्यावसायिक रूपमा अघि बढाउने कार्यलाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन दिए।

गजुरी-६ जस्ता पहाडी भेगमा व्यावसायिक आलु खेतीले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै रोजगारी सिर्जना गर्ने र कृषकहरूको आयआर्जन बढाउने ठूलो सम्भावना रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

ताजा अपडेट

खोजी गर्नुहोस