एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज दिउँसो २ बजे बस्ने

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ चैत्र ३, सोमबार (२ घण्टा अघि)
  • ३० पटक पढिएको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज दिउँसो २ बजे बस्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सोमबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

बैठकमा विशेषगरी आगामी चैत १५ गते गर्ने तय भएको प्रदर्शनको तयारीका विषयमा छलफल हुने उनले बताए। समाजवादी मोर्चाले सरकार र राजावादी समूहलाई खबरदारी गर्नेगरी चैत १५ मा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

आकस्मिक रूपमा बैठक बस्न लागेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्य मात्र सहभागी हुनेछन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्ने विषयमा केन्द्रित भएर छलफल हुने ज्वालाले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस