धादिङ । नेकपा माओवादी केन्द्र र अखिल क्रान्तिकारी नुवाकोटले बट्टार बजारमा सरकार सञ्चालनमा देखिएको बेथिति र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई गैरकानुनी रूपमा हटाइएको विरोधमा मसाल जुलुस आयोजना गरिएको हो।
बुधबार नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हिरानाथ खतिवडा , बिदुर नगर कमिटीका उपाध्यक्ष दिनेश बोगटी , माओवादी केन्द्रका युवा नेता बिनोद कोइराला , वाइसीएल का रामशरण प्याकुरेल , लगायत पार्टी र युवा विद्यार्थीहरुको उपस्थितिमा प्रदर्शन भएको थियो।