गजुरी:- ६ भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तामाङ निर्वाचित


गजुरी:- ६ भानुभक्त माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तामाङ निर्वाचित

गजुरी, धादिङ | चैत २६, २०८१ — गजुरी गाउँपालिका–६ स्थित भानुभक्त माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै विद्यालय व्यवस्थापन समिति पुनर्गठन तथा अभिभावक भेला सम्पन्न गरिएको छ।

कार्यक्रम गजुरी गाउँपालिका वडा नं. ६ का अध्यक्ष भक्त ब. तामाङको अध्यक्षतामा सुरु भएको थियो। भने कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै, स्थानीय समाजसेवी, अभिभावक, शिक्षक-शिक्षिका, तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयको हालको शैक्षिक अवस्था, उपलब्ध साधन-स्रोत, विद्यार्थीहरूको उपस्थिति र उपलब्धि, भौतिक पूर्वाधारको अवस्था, तथा आगामी कार्ययोजनाहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफ्नो सुझाव र समर्थन व्यक्त गरेका थिए।

कार्यक्रमको विशेष उपलब्धिका रूपमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ। नयाँ समितिमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराई विद्यालयको सर्वांगीण विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

समितिको पुनर्गठन: सर्वसम्मतिबाट नयाँ व्यवस्थापन समिति अध्यक्षमा गजुरी-६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण)तामाङ लाई दोस्रो पटक यस बिधालयमा निर्वाचित गराइएको हो।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले विद्यालयको पूर्वाधार विकास र गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाको निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय समाजसेवीहरूले आवश्यक शैक्षिक सामग्री, छात्रवृत्ति र भौतिक सुधारमा साथ दिने आश्वासन दिएका छन्।कार्यक्रमको अन्त्यमा विद्यालय प्रधानाध्यापकले सम्पूर्ण अतिथि, अभिभावक र सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै विद्यालयको विकासमा सबैको निरन्तर सहयोगको अपेक्षा गर्नुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस