गल्छि (धादिङ), चैत २६ –धादिङ जिल्लाको गल्छि गाउँपालिका वडा नं ८ मा रहेको साउनेपानी सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। समितिको बैठक आइतबार कुखुरेचौरमा सम्पन्न भएको हो।
बैठक समितिका वर्तमान अध्यक्ष कालिबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गोगनपानी माविका पूर्व प्रधानाध्यापक तथा समाजसेवी रामहरि थापा, समितिका पूर्व अध्यक्ष बलबहादुर नेपाल, समाजसेवी टोलप्रसाद सुवेदी, वर्तमान कोषाध्यक्ष बद्रीप्रसाद रेग्मी, माझगाउँ सामुदायिक वन समितिका अध्यक्ष किशोर थापा, खोटो सङ्कलक कम्पनी माउन्ट रोजिन एण्ड टर्पेन्टाइन प्रा.लि. का कर्मचारी मोहन विक्रम बस्नेत, प्रवेश ढुंगेल र नारायण भट्टराई तथा जनसेवा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज रेग्मी लगायत अन्य उपभोक्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष विशाल लुङ्गेलिको समेत उपस्थिति रहेको थियो। कार्यक्रम सक्षम नेपालले सञ्चालन गरेका थिए।
नवगठित ९ सदस्यीय कार्यसमितिमा सुजन मगर अध्यक्ष, सावित्री कुवर उपाध्यक्ष, सुदिप तामाङ सचिव, भवानी रेग्मी कोषाध्यक्ष चयन भएका छन्। सदस्यहरूमा रजिना पुलामी, भुवन परियार, टोलप्रसाद सुवेदी, शर्मिला रेग्मी र सुमन तामाङ रहेका छन्।
कार्यक्रममा नवगठित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो। साथै, कार्यक्रम सञ्चालन गर्ने अवसर प्रदान गरेकोमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।