जीवन विकास सिद्धलेकद्वारा कुम्पुर र भन्ज्याङका सदस्यलाई नि:शुल्क कृषि तालिम

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ चैत्र २६, बुधबार (१ हप्ता अघि)
  • ९५ पटक पढिएको

जीवन विकास सिद्धलेकद्वारा कुम्पुर र भन्ज्याङका सदस्यलाई नि:शुल्क कृषि तालिम

धादिङ – धादिङ्मा रहेको जीवन विकास लघुवित्त शाखा कार्यालय सिद्धलेकले सिद्धलेक गाउँपालिकाको वडा नं. ५ र ६ का आफ्ना सदस्य कृषकहरुलाई कृषि सम्बन्धि २ दिने नि:शुल्क तालिम प्रदान गरेको छ । जीवन विकास लघुवित्तले आफ्ना सदस्यहरुको सीप विकासका लागि उक्त तालिम दिइएको हो ।

यस गाउँपालिकाको वडा नं. ५ कुम्पुर र ६ मा पर्ने भन्ज्याङमा रहेका जीवन विकासका ४० जना सदस्यहरुलाई नयाँ प्रविधिका साथ, २ दिने तरकारी तथा कृषि सम्बन्धि सम्पूर्ण ज्ञान प्रदान गरिएको शाखा प्रमुख संजय कुमार दासले जानकारी दिए। थोरै लगानीमा धेरै उत्पादन गर्न सकिने नयाँ तरिका सिकाइएको शाखा प्रमुख दासले प्रस्ट पारे।

साथै तालिममा थ्रीजी(3G)कटिङ, घरमा सजिलै मल बनाउने, माटो परिक्षण गर्ने र माटोको संरक्षणबारे जानकारी गराएको छ । यो अवसरप्रति स्थानीय निकै खुसि भएका छन् ।

आफ्ना सदस्यहरुलाई जीवन विकासले समय समयमा उपलव्धिमूलक ज्ञान तथा सिप सिकाउदै अघि बढाएको पाइन्छ । विनाधितो ७ लाख सम्मको व्यवसायी ऋण कर्जा दिई सर्वसाधारण जनतालाई घर घरमा बैंकको सुबिधा प्रदान गर्दै आएको छ ।स्रोत :सन्तोष परियार।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

२५ मिनेट अघि

(Untitled)

खोजी गर्नुहोस