गजुरी गाउँपालिकाद्वारा शिक्षा ऐन पारितको माग गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता


गजुरी गाउँपालिकाद्वारा शिक्षा ऐन पारितको माग गर्दै शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता

गजुरी, धादिङ – नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू नयाँ विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका छन्। सोही सन्दर्भमा गजुरी गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।

गाउँपालिकाले मिति २०८१ चैत्र २१ गतेदेखि शुरु भएको आन्दोलनका कारण शैक्षिक वर्ष २०८१ को नतिजा प्रकाशन, नयाँ भर्ना अभियान, पाठ्यपुस्तक वितरण तथा वार्षिक योजना निर्माण लगायतका कार्यहरू प्रभावित भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “शिक्षा नागरिकको सर्वाङ्गीण विकासको आधार हो र यसको गुणस्तर अभिवृद्धिका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ।” गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शिक्षकहरूको यथोचित मागहरू सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै आन्दोलन फिर्ता गरी शैक्षिक गतिविधि सुचारु हुने वातावरण निर्माण गर्न अनुरोध गरेका छन्।

गाउँपालिकाले लामो समयदेखि रोकिएको शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने आवश्यकता औंल्याउँदै, शिक्षा क्षेत्रमा स्थायित्व र प्रगति ल्याउन शिक्षकहरूको आवाजप्रति गम्भीर ध्यान दिनुपर्ने उल्लेख गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

५५ मिनेट अघि

(Untitled)

खोजी गर्नुहोस