त्रिपुरासुन्दरी गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरणको प्रक्रिया सुरु

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ चैत्र २६, बुधबार (३ दिन अघि)
  • १२७ पटक पढिएको

त्रिपुरासुन्दरी गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरणको प्रक्रिया सुरु

धादिङ, २६ चैत्र ।धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासी समुदायलाई जग्गा वितरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।

मंगलबार भूमि समस्या समाधान आयोग धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाका जनप्रतिनिधि, पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीच सम्पन्न बैठकले जग्गा वितरण प्रक्रिया अगाडि बढाउने महत्वपूर्ण निर्णय गरेको हो।

बैठकले वडा स्तरीय सहजीकरण समितिको बैठकमार्फत विभिन्न मितिमा संकलन गरिएका निवेदनहरूको परीक्षण गर्ने र भूमि समस्या समाधान आयोगबाट जारी ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लगत संकलन सम्बन्धी कार्यविधि, २०८१’ को अनुसूची ७ बमोजिम विवरण संशोधन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, उजुरी वा दाबी–विरोधका लागि ७ दिनको सूचना प्रकाशित गर्ने र त्रिपुरासुन्दरी गाउँपालिकामा ‘भूमि सेवा केन्द्र’ गठन गर्ने निर्णय पनि बैठकले पारित गरेको छ।

यस निर्णयसँगै त्रिपुरासुन्दरी गाउँपालिकाभित्र रहेका भूमिहीन तथा सुकुम्बासी समुदायका लागि स्थायी बसोबासको मार्ग खुल्ने अपेक्षा गरिएको छ। निर्णय कार्यान्वयनमा आएपछि वर्षौँदेखि जग्गाविहीन अवस्थामा बसिरहेका नागरिकले कानुनी रूपमा स्वामित्वसहितको जग्गा प्राप्त गर्नेछन्।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस