धादिङ, गजुरी — नेकपा (माओवादी केन्द्र) को सहायक संगठन युवा संघ YCL Nepal गजुरी गाउँपालिका वडा नं. ६ मा वडा स्तरीय समिति गठन गरिएको छ।
हालै सम्पन्न अधिवेशनबाट जितु मगरको अध्यक्षतामा १३ सदस्यीय वडा समिति चयन गरिएको हो।
समितिमा विभिन्न युवा सदस्यहरूको सहभागिता रहेको छ भने नवगठित समितिले संगठन सुदृढीकरण, सामाजिक रूपान्तरण, र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ।