गजुरी, धादिङ –गजुरी गाउँपालिका वडा नं. १ अन्तर्गत बाघखोर, आदामारा, समिचौतारा हुँदै धुरखोला सम्मको मुख्य सडकखण्डमा अहिले कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। सडक स्तरोन्नति कार्यका कारण सवारी आवागमन अस्थायी रूपमा प्रभावित भएको छ।
निर्माण कार्य सम्पन्न नहुँदासम्म यात्रु र सवारी चालकलाई सो मार्ग प्रयोग नगरी वैकल्पिक रूपमा सानोभञ्ज्याङ – बग्रे – सिस्ने हुँदै घुरखोला मार्ग प्रयोग गर्न वडा कार्यालयले अनुरोध गरेको छ।
वडा कार्यालयका अनुसार निर्माण सम्पन्न नभएसम्म मूल मार्ग प्रयोग गर्दा दुर्घटना तथा अवरोधको सम्भावना रहेको हुँदा सर्वसाधारणलाई असहज नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको हो।
स्थानीयवासीले सडक कालोपत्रे कार्यप्रति खुसी व्यक्त गर्दै निर्माण कार्य गुणस्तरीय होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |