नयाँ वर्ष २०८२ को अवसरमा गजुरी-५ मा सांस्कृतिक धमाका कार्यक्रम हुँदै


नयाँ वर्ष २०८२ को अवसरमा गजुरी-५ मा सांस्कृतिक धमाका कार्यक्रम हुँदै

गजुरी, धादिङ ।नयाँ वर्ष २०८२ सालको शुभ अवसरमा गजुरी गाउँपालिका-५ स्थित गलौदी खेलमैदानमा “शुभकामना आदान प्रदान तथा सांस्कृतिक धमका – २०८२” कार्यक्रम हुने भएको छ।

जनता भविष्य निर्माण सामुदायिक समाज, गजुरी-५ को आयोजनामा, गजुरी गाउँपालिकाको संरक्षकत्वमा र गजुरी वडा नं. ५ कार्यालय को प्रवर्धनमा हुने यस कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारहरूले प्रस्तुति दिनेछन्।

कार्यक्रममा गायक हिमाल सागर, प्रकाश पराजुली, धर्व बिस्को र गायिका सुमित्रा तामाङ को साङ्गीतिक प्रस्तुति रहनेछ। साथै, डान्सर अस्मिता भुजेल, इस ठकुरी, र रिया सुन्दास को नृत्यले कार्यक्रममा थप रौनकता ल्याउने अपेक्षा गरिएको छ।

नयाँ वर्षलाई सांस्कृतिक उत्सवको रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले गजुरीको कला, संस्कृति र सामाजिक एकतालाई प्रबर्द्धन गर्ने आयोजकले जनाएका छन्।

स्थानीयबासी, समाजसेवी, युवा क्लब, आमा समूह तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता रहने यस कार्यक्रममा सबैलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस