धादिङ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समन्वय समितिको तेस्रो विस्तारित बैठक गजुरीमा सम्पन्न भएको छ।बैठकको अध्यक्षता समिति अध्यक्ष लक्ष्मी थापा मगरले गर्नुभयो।
बैठकमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति अध्यक्ष मनराज भण्डारी, सचिव दीपक (सुबोध) लामिछाने,बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर (बिबेक) थपलिया,गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारी,नेकपा माओवादी केन्द्र गजुरी गाउँपार्टी कमिटीका अध्यक्ष सुर्य बहादुर तामाङ,सचिव अर्जुन बहादुर भुजेल,अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समिति सचिव सुनिता पाण्डे, अ.ने.म.संघ बागमती प्रदेश सह-सचिव साङ्गिता (दिपा) कडेल लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा संगठन विस्तार, महिला अधिकार, संघीयता, समावेशिता तथा वर्तमान राजनीतिक अवस्था लगायतका विषयमा गम्भीर छलफल भयो। सहभागी महिला संघलाई अझ सक्रिय, सशक्त र जनमुखी बनाउने कुरामा जोड दिनुभयो।
बैठकले संगठन सुदृढीकरण, नेतृत्व विकास, तथा आगामी कार्यक्रमहरूको कार्ययोजना तय गर्दै विभिन्न जिम्मेवारीहरू तोकेको छ। साथै, स्थानीय तहसम्म संगठन विस्तार गरी माओवादी आन्दोलनको मूल सन्देश जनस्तरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |