धादिङ, गजुरी – योङ कम्युनिष्ट लिग (YCL) नेपाल गजुरी गाउँपालिका वडा नं. ८ मा वडा स्तरीय भेला सम्पन्न भएको छ। सम्मेलन आयोजक मूल समिति र वडा कमिटीको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम चन्द्र बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।
भेलामा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथिहरूमा सूर्यबहादुर तामाङ, देवराज ओझा, राजन लामा तथा अतिथिहरू गजेन्द्र तामाङ र दिवाकर श्रेष्ठ रहनुभएको थियो।
कार्यक्रममा YCL नेपालका इन्चार्ज राजकुमार बुलुन, सह-इन्चार्ज विक्रम तामाङ, अध्यक्ष अनिल तामाङ, उपाध्यक्ष निश्चल तामाङ (सुमन तामाङ), आकाश तामाङ, सुनिल तामाङ, सचिव युवराज तामाङ, सह-सचिव सुन बहादुर तामाङ (दोर्जे) सहितको २१ सदस्यीय समिति गठन गरिएको छ।
साथै सोही अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा संघ गजुरी–८ का अध्यक्ष सुमन तामाङ (निश्चल) YCL नेपालमा प्रवेश गर्नुभएको छ। उहाँको प्रवेशले संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा पार्टीका स्थानीय नेताहरू, युवाहरू तथा नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |