राजन लामा पक्राउ विरुद्ध नेकपा माओवादी केन्द्रले निकाल्यो विज्ञप्ति,विना सर्त रिहाईको माग

  • हाम्रो दैनिक
  • / माओवादी केन्द्र /
  • २०८१ श्रावण २९, मंगलबार (२ महिना अघि)
  • ३८४ पटक पढिएको

राजन लामा पक्राउ विरुद्ध नेकपा माओवादी केन्द्रले निकाल्यो विज्ञप्ति,विना सर्त रिहाईको माग

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ कम्यूनिष्ट लिग वाइसियल धादिङका जिल्ला सचिव गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटार बस्ने राजन लामालाई मिति २०८१ साउन २७ गतेका दिन गजुरी बजारबाट पक्राउ गरेकोमा विना सर्त रिहाई गर्न माग गरिएको छ ।

तत्कालिन माओवादी पार्टीले सञ्चालन गरेको १० वर्षे जनयुद्ध र जनआन्दोलन को उपलब्धि स्वरुप प्राप्त लोकतान्त्रिक गणतन्त्रमा संविधान द्वारा प्रदत्त गरिएको वाक स्वतन्त्रता माथि नै आँच आउने गरी व्यक्तिको आफ्नो व्यक्तिगत विचार र रायलाई कुण्ठित गर्ने गरी सामाजिक संजाल फेसबुकमा लेखेका केही शब्द र सवाल जवाफ कै भरंमा पक्राउ गरी हिरासतमा राख्नु कुनै पनि हालतमा स्किार्य हुन सक्दैन ।

मुलुकको १८ घण्टे लोडसेडिङलाई अन्त्य गर्ने कुशल नेतृत्वमाथि समर्थन जनाउँने एक क्रान्तिकारी युवाको विचारलाई कुण्ठित गर्ने मनासयले गिरफ्तार गरिनु र झुठा मुद्दा लगाउँनु भनेको किर्ते, भूष्ट, जालसाँजी, छलछाम र प्रतिगमनकारीको प्रतिविम्वित हर्कतको निष्कर्ष भएको विज्ञप्तिमा भनिएको छ ।

फेसबुकमा स्टाटस लेख्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले कार्यकर्तालाई धम्कीपूर्ण अभिव्यक्ति दिएको आरोपमा योङ् कम्युनिष्ट लिग (वाइसीएल ) धादिङको जिल्ला सचिव समेत रहेका राजन लामालाई गजुरीबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । अभियुक्त लामामाथि साइबर व्युरो काठमाण्डौँको भोटाहिटीमा मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र सदैव भ्रष्टाचार, अन्याय, भ्रम र निरङकुसताका विरुद्ध निरन्तर लडिरहने संगठन हो। सत्ता र शक्तिको आडमा कोही कसैले जालझेल, षड्यन्त्र र दमन गर्ने दुस्प्रयास गर्दछ भने संगठन कदापी मौन रहन सक्दैन र यस्ता कार्यको कडा प्रतिवाद गरिनेछ ।

त्यस्तै नेकपा माओवादी केन्द्र निकट भातृ युवा संगठन योङ् कम्युनिष्ट लिग(वाईसीयल)धादिङले विज्ञाप्ति निकालेर निकालेर सरकारलाई ध्यानकर्षण गराएको छ । वर्तमान राजनैतिक अवस्था र घटनाक्रमलाई मुल्याङकन गर्दै आफ्नो राय र तर्क गरेकै भरमा मुद्धा ममिला गर्नु प्रतिशोध राख्नु समग्र जनता पार्टी पंङतीमा मान्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस