अखिल (क्रान्तिकारी) धादिङको दुई नगरपालिका र एक पालिकाको सम्मेलन भब्यताका साथ सम्पन्न

  • हाम्रो दैनिक
  • / माओवादी केन्द्र /
  • २०८१ भाद्र ७, शुक्रबार (४ हप्ता अघि)
  • २१० पटक पढिएको

अखिल (क्रान्तिकारी) धादिङको दुई नगरपालिका र एक पालिकाको सम्मेलन भब्यताका साथ सम्पन्न

गजुरी/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी)को नगर र पालिका स्तरीय दोस्रो सम्मेलन भब्यताका साथ सप्पन्न भएको छ।

विश्वको ठुलाठुला परिवर्तनका महान क्रान्तिहरु युवा विद्यार्थीको एकता र संगठनले सम्भव भएको उल्लेख गर्दै अहिलेका पुस्ताका युवाहरु गलत संगत र कुलतमा नफस्न समेत नेकपा माओवादी केन्द्रले अनुरोध गरेको छ।विद्यार्थीले नै पार्टीको नेतृत्व गरेर अघि बढ्नु पर्नेमा समेत जोड दिएका छ्न।

नीलकण्ठ नगरपालिकाको अध्यक्षमा किरण खाती विश्वकर्मा , उपाध्यक्ष सर्मिला तामाङ र सुवास श्रेष्ठ, सचिव संगीत तामाङ, सहसचिव सन्देश गौतम, अनोज धमला र कोषाध्यक्षमा प्रथा तामाङ लगायत सदस्यीय कार्यसमिती गठन गरिएको अखिल क्रान्तिकारी जिल्ला सचिब श्री कृष्ण रिजालले बताउनुभएको हो।

धुनिबेसी नगरपालिका अध्यक्ष सुजित मगर, उपाध्यक्ष रामचन्द्र मगर र सुजन खत्री, सचिव एन्जिला खत्री, कोषाध्यक्ष गंगा खत्री लगायत पदाधिकारी गठन गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बिनोद आचार्यले हाम्रो दैनिकलाई बताउनुभयो।

बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष मौषम घले, उपाध्यक्ष एन्जिला ठकुरी, रन्जन दनै, सचिव प्रदिव कुवर क्षेत्री, सह सचिव सिम्पल वस्नेत अभिषेक डल्लाकोटि कमला गुरुङ र कोषाध्यक्ष शर्मिला ढकाल लगायत सदस्यीयहरु कार्यसमिति गठन गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज उपेन्द्र जम्कट्टेलले बताउनुभयो।

आज कार्यक्रमको अवसरमा पारेर कक्षा १२ मा उतीर्ण भएका विद्यार्थीहरुलाई प्रशंसा पत्रद्धारा सम्मान समेत गरिएको थियो । उक्त कार्यक्रममा माओवादी केन्द्र जिल्ला स्तरका नेताहरु,विद्यार्थी तथा वाईसियलका प्रमुख तथा प्रतिनिधी लगायत अखिल क्रान्तिकारी विद्यार्थी सदस्यहरुको भव्य सहभागी रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस