गजुरी वडा नं.८ बाट विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमामा प्रवेश


गजुरी वडा नं.८ बाट विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमामा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गजुरी-काठमाण्डौँ सम्पर्क समन्वय समितिको भेला सम्पन्न भएको छ । बागमती प्रदेशको निवर्तमान मुख्यमत्री माननीय शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सोमबार गजुरी-काठमाण्डौँ सम्पर्क समन्वय समितिको भेलाबाट दिपक प्रसाद अधिकारी इन्चार्ज,नारायण ढुङ्गानाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ। उपाध्यक्षमा सन्जिव तामाङ, प्रकाश रिमाल र रबि अधिकारी, सचिबमा गोकुल पाठक, सहसचिवमा सम्झना खनाल, कोषाध्यक्षमा शान्ता सुवेदी घिमिरे, सहित २५ सदस्यीय चयन गरिएको छ ।

साथै गजुरी गाउँपालिका वडा नं.८ का (विप्लव)पार्टीबाट माओवादी केन्द्रमा दिनेश लामा, विकास लामा,दिनेश तामाङ,विर ब.तामाङ एकीकृत समाजवादी पार्टीबाट केशव तामाङलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ज्यूले टिका खादा लगायत माओवादी पार्टीमा प्रवेश गरेका छ्न।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस