गजुरी गाउँपालिका सरकारले कराते खेलाडीहरुलाई श्रीलंकामा हुने खेलमा जितको शुभकामना सहित बिदाई


गजुरी गाउँपालिका सरकारले कराते खेलाडीहरुलाई श्रीलंकामा हुने खेलमा जितको शुभकामना सहित बिदाई

गजुरी गाउँपालिकाले नवौं अन्तर्राष्ट्रिय सेमिनार तथा टुर्नामेन्टका लागि श्रीलंका हुने खेल खेल्न जाने कराते खेलाडीहरुलाई बिदाई गरेको हो।

गजुरी गाउँपालिका वडा नं.६ का ६ जना कराते खेलाडीहरुलाई नवौं अन्तर्राष्ट्रिय सेमिनार तथा टुर्नामेन्टका लागि साउन २४ गते श्रीलंका जाने खेलाडी भाइहरुलाई गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बिदाई गर्दै जितको शुभकामना व्यक्त गरेका छ्न।

बुधबार गजुरी गाउँपालिका सरकार प्रमुख गणेशलाल श्रेष्ठ,उपाध्यक्ष शर्मिला बिशुराल,प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी,गजुरी गाउँपालिका सरकार प्रवक्ता एवं गजुरी वडा नं.७ का वडा अध्यक्ष बद्रीप्रसाद जम्कट्टेल,गजुरी-६ का वडा अध्यक्ष भक्त बहादुर(कर्ण) तामाङ,जिन्सी शाखा प्रमुख एकिन्द्र चेपाङ जिल्ला खेलकुद विकास समिति धादिङका सदस्य राजन लामा लगायतले शुभकामना साथै बिदाई गरेका छ्न।

गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले खेलमा अनुशासित भै पालिकाको नाम उच्च राख्न कराते खेलाडीहरुलाई बिदाई सहित शुभकामना दिएका छ्न।

गजुरीका कराते खेलाडीहरु आर्नव रेग्मी, नियन श्रेष्ठ, अञ्जन श्रेष्ठ, शनिस श्रेष्ठ, सन्देश श्रेष्ठ, रोनित श्रेष्ठ सहितको टिमलाई प्रतियोगिता श्रीलंका हुने खेलमा आफ्नो जन्मभूमिको सान उच्च राख्न  सफल बनाउन पालिका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायत पालिका सरकारले सम्मान सहित जितको अग्रिम शुभकामना दिदै बिदाई गर्नुभएको हो।गजुरीका ६ जना खेलाडी सहित १९ जनाले श्रीलंका सहभागी हुने भएका छ्न। प्रतियोगिता अगष्ट १० देखि १९ सम्म हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस