गजुरीको डोलभन्ज्याङ खेलमैदानमा असोज२२र२३ गते खसी कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने


गजुरीको डोलभन्ज्याङ खेलमैदानमा असोज२२र२३ गते खसी कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद”भन्ने मुल नाराका साथ विजया दशमी २०८१ को पावन अवसरमा गजुरी गाउँपालिका वडा नं.५ डोलभञ्ज्याङ खेल मैदानमा च्याङली युथ क्लबको आयोजनामा कार्यक्रम हुन लागेको हो।

उक्त प्रतियोगितामा भाग लिन चाहने गजुरी गाउँपालिकाका वडा नं. ३,४,५,६,७, र ८ का फुटबलप्रेमी टिमहरुले बेलैमा आयोजक समक्ष टिमको नाम दर्ता गर्नुहुन आव्हान गरिएको यस क्लबका अध्यक्ष पुजन प्रजाले हाम्रो दैनिकलाई जानकारी दिनुभयो।

च्याङली युथ क्लबको आयोजनामा मितिः २०८१ असोज २२ र २३ गते घोर्ले खसी र भाले कप दुई दिवशीय ७ ए साइजको वडास्तरीय नकआउट फुटबल प्रतियोगिता डोलभञ्ज्याङ खेल मैदान हुने भएको छ।

प्रतियोगितामा देहायबमोजिम नियम पालना गर्नुपर्ने: समूह दर्ता गर्न आउँदा नागरिकता/जन्मदर्ता र हालसालै खिचिएको पासपोर्ट साइजको फाटो अनिवार्य ल्याउनुपर्ने,सम्बन्धित वडाको खेलाडीहरुले मात्र प्रतियोगितामा भाग लिन पाउने,समूह दर्ताको लागि शुल्कः रु ३५०० लाग्ने आयोजकले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस