गजुरी १०,मंसिर। गजुरी गाउँपालिका वडा नम्बर १ स्थित पत्तालिनी आधारभूत बिद्यालयमा स- साना बालबालिकाहरुको लागी खेलकुद सामाग्री तथा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ ।
स-साना बालबालिकाहरूलाई गजुरी गाउँपालिको तर्फबाट रू ५० हजार बराबरको विभिन्न खेलौना सामाग्री प्रदान गर्नुका साथै सहयोगी दाताहरु बाट प्राप्त ८० हजार बराबरको १६४ थान न्यानो कपडा सुइटर वितरण गरिएको पत्तालिनी आधारभूत बिधालयका ब्यबस्थापन समिति का अध्यक्ष सुधीर खरेलले हाम्रो दैनिकलाई बताउनुभयो।
सामाग्री बितरण कार्यक्रममा मन्तव्य राख्दै गणेशलाल श्रेष्ठले यस्ता अभियानले बिपन्न समुदायका बालबालिकाहरुको लागि साहाराको स्रोतमा रूपान्तरण गर्ने बताउनुभयो ।
उहाँले शैक्षिक विकासमा विद्यालय र शिक्षक मात्र नभई स्थानीय अभिभावकको अहंम भूमिका हुने साथै स्थानीय सरकारमा आए सगै बन्न नसकेका बिधालयमा ब्यबस्थापन समिति गठन समेत गरिसकेको र आउँदा दिनहरुमा राम्रो काम गर्दै अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै गजुरी गाउँपालिका सरकार हरेक सुख दुखमा साथमा रहेको कुरा समेत बताए।
मंसिर लागेसँगै चिसो बढेको छ । सहयोगी दाताहरुले उपलब्ध गराउनु भएको कपडाले विद्यार्थीलाई विद्यालयमा न्यानो बनाउन सहयोग गर्ने छ । यस बिधालयमा चेपाङ,तामाङ,मगर जातीका बच्चाहरु धेरै पढ्छ्न।
कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेश लाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विसुराल, वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारी, गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत सन्तोष पौडेल, स्रोत शिक्षक सुजन भण्डारी, विव्यस अध्यक्ष सुधिर खरेल लगायतको सहभागीता रहेको थियो ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |