गजुरीको महेन्द्रोदय मा.वि.मा चिसो बढेसँगै विद्यार्थीलाई न्यानो कपडा वितरण


गजुरीको महेन्द्रोदय मा.वि.मा चिसो बढेसँगै विद्यार्थीलाई न्यानो कपडा वितरण

धादिङ।गजुरीको मंकालिनी सामुदायिक संस्था लि.ले महेन्द्रोदय माध्यमिक बिधालयमा अध्ययनरत ई.सि.डि.देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।

आइतबार गजुरी गाउँपालिका वडा नं.३ स्थित महेन्द्रोदय माध्यमिक विधालयले गजुरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५ स्वर्ण,४ कास्य गरि ९ पदक सहित दोस्रो हुन सफल भएको खेलाडीहरुलाई सम्मान कार्यक्रम समेत रहेको थियो।

विधालयका प्रधानाध्यापक रमेशप्रसाद पाठकले गोलमेडल प्राप्त गर्ने विद्यार्थीहरुलाई जननी दुई हजारको दरको ब्यक्ति गत पुरस्कर प्रदान गर्नुभएको हो।साथै अघिलो साल तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा प्रथम भएका दिपक बरुवाल र बिश्वास बि.क.ले यसपालि भने बिधालय प्रशिक्षक बनेर विधालयलाई दोस्रो स्थान जिताउन सफल समेत भएको विधालय परिवारले जनाएको छ।

यसै गरि सद्भाव गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लि.गजुरीका अध्यक्ष अरुण पराजुली र ब्यबस्थापन बासुदेव सुबेदिले हाल सम्पन राष्ट्रपति रनिङ शिल्डमा बिजेता स्वर्ण र कास्य लेराउने खेलाडीलाई जननी एक हजार र पाँच सयको दरले पुरस्कार स्वरुप वितरण गर्नुभएको थियो।

यस मा.वि.का कक्षा ११ र १२ मा अध्ययनरत २ जना विपन्न विद्यार्थीलाई पठन पाठनको लागि पन्ध्र हजारको चेक विधालय ब्यबस्थापन समितिका अध्यक्ष ऋषिलाल श्रेष्ठ र प्रधानाध्यापक रमेशप्रसाद पाठकलाई हस्तान्तरण गरेका छ्न्।

कपडा वितरण कार्यक्रममा गजुरी वडा नं.३ का अध्यक्ष ऋषिलाल श्रेष्ठले स-साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला सहयोग गरेकोमा सहकारीलाई धन्यवाद समेत दिए।यस महेन्द्रोदय माध्यमिक विधालय राक्सिङ्ममा पठनपाठनको लागि कक्षा १० सम्म नि:शुल्क गरिएको समेत बताए।

साथै यस मंकाली सामुदायिक संस्था लिमिटेडका सदस्य समेत  रहेको बताउदै यस बिधालयमा पहिलो पटक न्यानो कपडा वितरण गरिएको समेत व्यक्त गरे।

सद्भाव गरिबी निवारण बहुउद्देश्यीय सहकारी संस्था लि.गजुरीका ब्यबस्थापन बासुदेव सुबेदीले विद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढ्न आउन जान मद्दत पुग्ने बताए ।

न्यानो कपडा वितरण तथा हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो स्थान हासिल सफल गर्ने खेलाडीहरुलाई विधालयका शिक्षक शङ्कर बस्नेत लगायतले समेत हौसला स्वरूप ब्यक्तिगत एक हजारका दरले पुरस्कार दिएका थिए।

मंकालिनी सामुदायिक संस्था लि.मा रहेका पदाधिकारीहरुले आफूले महिनाको बीस रुपियाँ रकमबाट बचत गरेर सात लाख भन्दा बढी बचत गर्न सफल भएको संस्था हो। समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष इन्द्रमाया श्रेष्ठले बताइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस