गजुरीको चेपाङ किशोरी छात्राबासमा शिक्षक न्यौपानेको पहलमा ट्र्याकसुट र खेलकुद सामग्री वितरण


गजुरीको चेपाङ किशोरी छात्राबासमा शिक्षक न्यौपानेको पहलमा ट्र्याकसुट र खेलकुद सामग्री वितरण

धादिङ २७ पौष।गजुरी गाउँपालिका वडा नं.१ हागेटारमा रहेको चेपाङ किशोरी छात्राबासमा आदर्श मा.वि.का शिक्षक रविप्रसाद न्यौपानेको पहलमा २२ सेट ट्र्याकसुट र खेलकुद सामग्री वितरण गरेका छ्न्।

शनिबार चेपाङ किशोरी छात्रावास हागेटारमा चितवन खैरहनी नगरपालिका वडा नं. ३ निवासी हाल आयरल्यान्डको डब्लिनमा बस्नुहुने चितवन समाज आयरल्यान्डका संस्थापक अध्यक्ष तथा NRNA आयरल्यान्डका वर्तमान उपाध्यक्ष सामाजिक अभियान्ता चेतराज ओलीको आर्थिक सहयोगमा(पचास हजार बराबरको) २२ जना चेपाङ किशोरीहरूलाई ट्र्याकसुट र खेलकुद सामग्रीहरू वितरण गरिएको संचालक समितिका अध्यक्ष सन्त बहादुर (सनक)प्रजाले बताए।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शिक्षामा सुधार गर्न लागि अभिभावक,संचालक समिति,शिक्षक एकजुट भएर लाग्न निर्देशन दिदैँ शिक्षालाई पहिलो प्राथमिकता राखेर गाउँपालिका सरकार अघि बढेको बताउनुभयो।

विद्यार्थीको शारीरिक विकासका लागि छात्रावासमा रहेका छात्राहरुलाई खेलकुद सामग्री प्रदान गरिएको आदर्श माध्यमिक बिधालयका शिक्षक रविप्रसाद न्यौपानेको भनाइ छ । सहयोग ठूलो नभए पनि महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

यस छात्रावास भवन ४.५ क्षेत्रफलमा रहेको छ भने भान्सा तथा डाईनिङ भवन, पुस्तकालय तथा पढाइ भवन सुविधा सम्पन्न रहेको छ। बिकट भौगोलिक स्थानबाट उच्च शिक्षा हाँसिल गर्न आउँदा बसाई व्यवस्थापन गर्न सहजताको माध्यमबाट चेपाङ किशोरीहरुको शैक्षिक विकासमा सुधार लेराउनका निम्ति निरन्तर लागेको गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारीले बताए।

कार्यक्रममा यस छात्रावास संचालक समितिका अध्यक्ष श्री सनक सन्त बहादुर प्रजाको सभापतित्व,गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्य, गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारी को विशेष आतिथ्य, कार्यपालिका सदस्य मैयाँ डल्लाकोटी, वडा सदस्यज्यूहरू, आर्दश मा.वि.का प्रधानाध्यापक सुरेश कुमार बस्नेत लगायत अन्य समाजसेवीहरूको उपस्थिति रहेको आदर्श माध्यमिक बिधालयका शिक्षक रविप्रसाद न्यौपानेले हाम्रो दैनिकलाई बताउनुभयो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    खोजी गर्नुहोस