धादिङ, चैत २९ – बागमती प्रदेश अन्तर्गत सञ्चालन हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२ का लागि धादिङ जिल्लाबाट खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको पत्रानुसार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही २०८२ साल जेठ ३ गतेदेखि १० गतेसम्म प्रदेशस्तरीय प्रतियोगिता हुने भएकाले, त्यसको तयारी स्वरूप जिल्ला स्तरीय खुल्ला खेलाडी छनोट प्रतियोगिता गरिने भएको हो।
जिल्ला खेलकुद विकास समिति, धादिङका अध्यक्ष प्रताप सि. तामाङका अनुसार छनोट प्रक्रिया पारदर्शी, समावेशी र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको छ।
उनका अनुसार, “खेलकुदले जिल्लाको गौरव बढाउनुका साथै युवा पुस्तालाई सशक्त बनाउने अवसर दिन्छ। यस पटक महिला सहभागिता पनि उत्साहजनक हुने विश्वास छ। हामी सबै खेलाडीलाई समान अवसर दिँदै जिल्ला प्रतिनिधित्व गराउने तयारीमा छौं।”
धादिङ जिल्लाबाट छनोट गरिने खेल तथा खेलाडी कोटा यसप्रकार रहेको छ:
जिल्ला खेलकुद विकास समिति, धादिङले स्थानीय स्तरमा रहेका इच्छुक खेलाडीहरूलाई आफ्नो विवरणसहित खेलाडी दर्ता फारम भर्न अनुरोध गरेको छ। छनोटमा सहभागी हुन चाहने धादिङ बासी वा स्थानीय खेलाडीहरूले तोकिएको म्यादभित्र सम्पर्क गर्नु पर्नेछ।
प्रतिस्पर्धा र अभ्यासको तयारी तीव्र
खेलाडी छनोटसँगै विभिन्न खेल संघ तथा क्लबहरूले आफ्नो खेलाडीलाई अभ्यासमा जुटाइसकेका छन्। गजुरी, धुनिबेसी, ज्वालामुखी, बेनिघाट रोराङ, र रुबी भ्याली लगायतका पालिकाबाट खेलाडीको चासो बढ्दो छ।
धादिङका युवा खेलाडीहरूका लागि यो अवसरले राष्ट्रियस्तरमा पहिचान बनाउने ढोका खोल्ने विश्वास गरिएको छ।
खेलकुद क्षेत्रको प्रवर्द्धन र स्थानीय प्रतिभाको पहिचानका लागि यस्तो छनोट कार्यक्रमले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |